site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी सहायक विदेशमन्त्री लुले लिए एमसीसी कार्यान्वयनको जानकारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे जानकारी लिएका छन् । परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपराह्न मन्त्रालयमा भएको भेटमा उनले एमसीसी कार्यान्वयनबारे बुझेका हुन् । 

भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति भएपछि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगमा हुने बढोत्तरी  र दुई मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्री साउदले सहायकमन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे । 

सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए । भेटका क्रममा उनले अमेरिकामा ठुलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्‍याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरे । 

लुले अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro