site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राम नेपालको ठोरीमा जन्मेको भनेर राजनीति गर्न खोजेको थिइनँ : ओली 
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले राम ठोरीमा जन्मेको भनेर ऐतिहासिक तथ्यका आधारमा बोलेको बताएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ)ले आयोजना गरेको आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले तीन वर्षअघि भानु जयन्ती मनाउने सन्दर्भमा आफूले बोल्दा त्यस विषयमा चर्चा भएको बताए । 

“रामायणको कारण भानुभक्तको प्रसंग आउँछ । रामायण नलेखेको भए भानुभक्त चिनिँदैनथे । रामायाण लेखेपछि रामको कुरा आउँछ । राम कहाँका थिए, को थिए भन्ने कुरा आउँछ,” ओलीले भने, “त्यही प्रसंगमा भानुभक्त आचार्यले रामायणमा वर्णन गरेअनुसार, वाल्मिकी रामायणमा वर्णन भएअनुसार र अनेक विद्धानहरुले वर्णन गरेको आधारमा पनि रामको जन्म अहिले नेपालमा पर्ने ठोरी माडीमा भएको थियो भनेर बोलेको थिएँ । त्यसले चर्चा पायो । तर म त्यसलाई विवाद पनि भन्दिनँ ।”

त्यतिबेला प्रधानमन्त्री रहेका ओलीको अभिव्यक्तिमाथि विवाद भएको थियो । उनले आफूले त्यो विषय राजनीति गर्नका लागि नभनेका दाबी गरे । 
 
“राजनीति गर्न भेनेको होइन । ऐतिहासिक तथ्य र यथार्थका आधारमा बोलेको थिएँ । इतिहाससँग सम्बन्धित तथ्यसँग सम्बन्धित कुरा बोलेको थिएँ । राजनीतिक लाभका  लागि अगाडि सारिएको विषय थिएन,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्