site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा 

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणको सिलसिलामा शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् । दक्षिण एसियाली राष्ट्रको भ्रमण गर्ने क्रममा उनी काठमाडौं आइपुगेका हुन् ।

उनले आजै अपराह्न ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आजै साँझ ६ बजे उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नेछन् ।

अमेरिकी सहायक विदेशमन्त्री लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

उनले अमेरिकन चेम्बर अफ कर्मसको एक सदस्य संस्थाका पदाधिकारीसँग पनि भेटघाट गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro