site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको सुशासन अभियानले विश्राम लिँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर काम अगाडि बढाइरहेको बताए ।

उनले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वसर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने बताएका हुन् । निर्दोष नफसुन् र दोषी नछुटुन् भन्ने मान्यता अख्तियार गरिएको उल्लेख गरे । मन्त्री श्रेष्ठले धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुँदैन भन्नेकुरामा सबैको ध्यानाकर्षण गराए ।

उनले भने, “हामी देशको समृद्धिको लक्ष्य हासिल गर्न सुशासन एकप्रकारको पूर्वशर्त हुन गएको कुरालाई आत्मसात गरेका छौँ । त्यस अन्तर्गत हामी अझपनि अगाडि बढ्छौँ । निर्दोष कुनैपनि हालतमा नफसुन् । दोषी, अपराधी कुनैपनि हालतमा नछुटुन् भन्ने मान्यता हामीले अख्तियार गरेका छौँ । त्यो मान्यता अन्तर्गत काम अगाडि बढ्नेछ । धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुँदैन भन्नेकुरा म ध्यानाकर्षण गराउन चाहन्छु ।”

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro