site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से साढे १२ अंकले घट्यो, तीन अर्ब ७९ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम करोबार दिन बिहीबार नेप्से परिसूचक १२.६२ अंक घटेर बन्द भएको छ । बुधबार २५.३१ अंक बढेको नेप्से परिसूचक यस दिन घटेर बन्द भएको हो । यस दिन नेप्से परिसूचक ०.६० प्रतिशत घटेर २०८४.९३ विन्दुमा बन्द भएको छ ।

बुधबारको तुलनामा आज कारोबार रकम भने वृद्धि भएको छ । आज तीन अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार तीन अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन म्युचुअल फन्ड, ऋणपत्रलगायत २९६ धितोपत्रको ९३ लाख ८२ हजार ४४० कित्ता खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड, वाणिज्य बैक र होटेल समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

म्युचुअल फन्ड समूहको परिसूचक ०.५५ प्रतिशतले वृद्धि भएको छ भने वाणिज्य बैंक समूहको परिसूचक ०.३१ प्रतिशत र होटेल तथा पर्यटन समूहको परिसूचक ०.१९ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइसनान्स समूह रहेको छ । यो समूहको परिसूचक २ प्रतिशतले घटेको छ ।

घटेको बजारमा लगानीकर्ता ऋणपत्र र म्युचुअलमा आकर्षित भएका छन् । यस दिन सर्वाधिक मूल्य बढ्नेमा ऋणपत्र र म्युचुअल फन्ड रहेका छन् । शिवम् सिमेन्टको आज सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड ३७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro