site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
रेखा थापाको प्रश्न– किन चाहियो वर्कसप ?  
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेत्री रेखा थापाले अभिनयका लागि वर्कसप आवश्यक नरहेको बताएकी छन् । अधिकांश चलचित्र सुटिङमा जानु अगाडि वर्कसपमा बसिरहेका बेला यसको औचित्यमाथि नै उनले प्रश्न उठाएकी छन् । 

हरेक व्यक्तिमा अभिनय गर्ने क्षमता हुने र यो सिकेर नसकिने विषय भएको रेखाको भनाइ छ । “वास्तवमा हरेक व्यक्ति अभिनेता हो । मान्छे जन्मिदै रुँदै आउँछ । उसलाई रुन र हाँस्न सिक्नु पर्दैन,” रेखा भन्छिन्, “हरेक मान्छेमा इमोसन हुन्छ । उत्साह, निराशालगायत जीवनका सबै रङ व्यक्तिमा हुन्छ । चलचित्रमा देखाउने त्यही त हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

रेखा थापाको त्यो भयानक क्षण

प्रत्येक व्यक्तिले हरेक समय अभिनय नै गरिरहेको उनको जिकिर छ । त्यसैलाई क्यामेरामा कैद गर्ने सत्यलाई भुल्न नहुनेमा उनको जोड छ । 

Global Ime bank

पछिल्लो समय प्रायः हरेक चलचित्र छायांकनमा जानु अगाडि वर्कसपमा बस्ने गरेका छन् । जहाँ एकसरो रिहर्सल हुन्छ । यसले छायांकनमा सहज हुने निर्माताहरूले बताउने गरेका छन् । यसले सुटिङ डेज घट्ने निर्माता तथा निर्देशकहरुले बताउँदै आएका छन् । 

रेखा भने आफू कहिल्यै पनि वर्कसपमा नबसेको र आफ्नो चलचित्रमा यसको अभ्यास पनि नगर्ने स्पष्ट पार्छिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement