site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
थ्रेड्सबारे लिंक ब्लक गर्दै ट्विटर

काठमाडौं । धेरै प्रयोगकर्ताहरूले ट्विटरले आफ्नो प्लेटफर्ममा थ्रेड्स सम्बन्धीका पोस्टहरू लुकाइरहेको गुनासो गरेका छन् ।  

ट्विटरमा यूआरएल थ्रेड्स डट नेट भनेर सर्च गर्दा कुनै पोस्ट नभेटिएको देखाइरहेको प्रयोगकर्ताहरूको गुनासो छ । तर, थ्रेड्स मात्रै खोजी गर्दा भने पोस्ट देखिइरहेका छन् । तर पनि ट्विटरले थ्रेड्ससम्बन्धी पोस्ट लुकाउन खोजेको आरोप लागेको छ ।

मेटाले ट्विटरको प्रतिस्पर्धीका रूपमा सार्वजनिक गरेको थ्रेड्सलाई लिएर ट्विटरका प्रमुख एलन मस्कले मुद्दा हाल्ने चेतावनी समेत दिएका छन् ।

यस्तोमा प्रयोगकर्ताहरूले ट्विटरले थ्रेड्सबारेको सर्चलाई कम देखाइरहेको गुनासो गरेका हुन् । मेटाका प्रमुख मार्क जुकरबर्गले कम्पनीले ट्विटरका पूर्वकर्मचारी राखेर वौद्धिकता चोरी गरेको ट्विटरको आरोप अस्वीकार गरेका छन् ।

ट्विटर सीईओ लिन्डा याकारिनोले थ्रेड्स सार्वजनिक भएपछि आफ्नो प्लेटफर्ममा ट्राफिक घटेको भन्ने आरोप अस्वीकार गरेकी छन् । थ्रेड्सले छोटो समयमै करोडौं प्रयोगकर्ता पाएको छ । यसले ट्विटरलाई असर पार्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro