site stats
बाह्रखरी :: Baahrakhari
देश
नवलपरासीको डण्डा, देउराली र बर्दघाटमा भारी वर्षा
फाइल तस्बिर।

काठमाडौं । नवलपरासीको डण्डा, देउराली नवल, बर्दघाट र आसपास भारी वर्षा भएको छ । वर्षा अझै नरोकिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा डण्डा, देउराली नवल, बर्दघाट र आसपास भारी वर्षा भएको आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । उक्त स्थान भएर बहने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै कमजोर, भिरालो जमिनमा पहिरोको जोखिम रहने हुँदा यात्रा गर्दा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

May be an image of ‎map and ‎text that says '‎1 Hour 3 Hour 6Hour Tabular View ansen 12 Hour 24 Hour पछिल्लो ३ घण्टामा मापन भएको वर्षा (मि.मि) मा पाल्या 80mm 60mm 40mm Pradipnagar 53 देउरालि नवल 20mm Wawalpur District 0.5 प्रगतिनगर Kawasoti डण्डा lagar पुर Ramgram am 96. 46 बर्दघाट U112 Meghauli चितवन र निकुज Valmiki National park Sohagibarwa ..ااءاه Valrmki WLS/Tiger Reserve Leaflet © OpenStreetMap contributors‎'‎‎

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्