site stats
बाह्रखरी :: Baahrakhari
देश
हिमाचलमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको अनुरोध

काठमाडौं। नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको हिमाचल क्षेत्रमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

"हालको बाढीपहिरोको प्रभाव कम नहुँदासम्म प्रभावित क्षेत्रमा रहनु भएका सबै नेपाली नागरिकहरु सुरक्षित स्थानमा रहनु हुन राजदूतावास हार्दिक अनुरोध गर्दछ," नयाँदिल्लीस्थित नेपाली दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Argakhachi Cement Island Ad

भारी वर्षाका कारण कुनै पनि नेपाली नागरिक अप्ठेरो स्थितमा रहेको जानकारी प्राप्त भएमा दूतावासको हटलाइन नं. ८९२९६०१९२५ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।

अत्याधिक वर्षाको कारण भारतको उत्तरी क्षेत्र खासगरी हिमाचल प्रदेशको सबैजसो भाग र अन्य राज्यहरूमा समेत बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको छ।

हिमाचल प्रदेशमा गएको पहिरोमा परी पश्चिम रुकुम जिल्लाका एकै परिवारका तीनजनाको मृत्यु भएको दूतावासले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्