site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेलिकोप्टर दुर्घटनाका मृतक पाँचैजना एकै परिवारका
Tiktok banner adTiktok banner ad

काठमाडौं । मंगलबार बिहान सोलुखुम्बुको लिखुपिकेमा हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचजना विदेशी नागरिक एकै परिवारको भएको खुलेको छ ।

मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये पाँचजना मेक्सिकोका नागरिक थिए । उनीहरु सबै एकै परिवारका भएको हेलिकोप्टर सेवा प्रदायक संस्था एभरेष्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्सका सञ्चालक मुक्ति पाण्डेले बताए ।

मृत्यु हुने मेक्सिकन नागरिकहरु एभरेष्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्समार्फत खुम्बु क्षेत्रको अवलोकन गर्न गएका थिए । उनीहरु चढेको हेलिकोप्टर फर्कने क्रममा दुर्घटनामा परेको थियो ।

मृत्यु हुने एकै परिवारका मेक्सिकोका नागरिकमा बाबु, आमा, दुई छोरी र एक छोरा रहेको पाण्डेले बताए । मृत्यु हुनेमा सिफुइन्तेस जी. फर्नान्डो, गोन्जालेज अब्रिक, गोन्जालेज ओलासिओ लुज, सिफुइन्तेस जी. मारिया जोस र रिनकोन इस्माअल रहेका छन् ।

उनीहरु खुम्बु क्षेत्र अवलोकन गर्न आइतबार भारतको नयाँदिल्ली हुँदै काठमाडौं आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro