site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सगरमाथामा हिउँको गहिराइ ९.५ मिटर भएको अनुमान, उचाई पनि बढ्नसक्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको एक समूहले सगरमाथामा हिउँको गहिराइ यसअघि आँकलन गरिएभन्दा निकै बढी रहेको देखाएका छन् ।

चीनको एकेडेमी अफ साइन्सेस अर्न्तगतको इन्स्टिच्युट अफ तिब्बेतियन प्लेटउ ( तिब्बती पठार)का अनुसन्धानकर्ताले यो नयाँ तथ्य फेला पारेका हुन् ।

उनीहरूको खोज अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल क्रायोस्फियरमा प्रकाशित भएको छ । खोजमा सगरमाथाको शिखरमा हिउँको औसत गहिराइ ९.५ मिटर रहेको सार्वजनिक गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि सगरमाथाको चुचुरोमा ०.९२ देखि ३.५ मिटर गहिरो हिउँ भएको आँकलन गरिएको थियो । पूरानो आँकलनलाई वैज्ञानिकहरूले मेल नखाने र अनिश्चित भएको भनेका छन् ।

“हाम्रो मापनले सगरमाथाको चुचुरोमा हिउँको औसत गहिराइ ९.५ मिटर देखाएको छ । यो पुरानो अनुमान भन्दा निकै बढी हो,” इन्स्टिच्युटका प्रोफेसर यांग वेईले भनेका छन् ।

Global Ime bank

खोजकर्ताहरूले गत वर्षको अप्रिल र मे महिनामा सगरमाथाको उत्तरी क्षेत्रको भ्रमण गर्दै यो अध्ययन गरेका थिए । दर्जनौं रिडिङ (तथ्यांक) लिनका लागि उनीहरूले सात हजार मिटर भन्दा माथिको उचाइमा ग्राउन्ड पेनेट्रेटिङ राडार प्रयोग गरेका थिए ।

रिडिङ लिँदा चट्टान र हिउँबीच महत्वपूर्ण भिन्नता देखिएको र त्यसैले दुई वस्तुबीचको फरक थाहा पाउन मद्दत गरेको बताइएको छ ।

सगरमाथाको शिखरमा केन्द्रित २६ ठाउँमा गरिएको मापनमा औसतमा हिउँको गहिराइ ९.५ मिटर पाइएको छ । प्रत्येक ठाउँमा गरिएको मापनमा बढीमा १.२ मिटरसम्मको थपघट छ ।

प्रोफेसर यांगले पहिलेको मापन हिउँको घनत्व र लम्बाई लगायतका कुरामा आधारित रहेको बताएका छन् । विभिन्न अवधिमा हिउँको गहिराइको मापन गर्दा मानवीय कारणले भइरहेको जलवायु परितर्वनको प्रभाव कति पर्याे भन्ने विषय थाहा पाउन मद्दत हुने उनको भनाइ छ ।

सगरमाथाको हिउँ र हिमनदीहरूले जलवायु परिवर्तनको प्रभावबारे बुझ्न महत्वपूर्ण प्लेटफर्मका रूपमा काम गर्ने खोजकर्ताहरूको भनाइ छ । उनीहरूका अनुसार यसका लागि थप हिउँको कोर ड्रिलिङ र ग्राउण्ड राडार पेनेट्रेटिङ मापन आवश्यक छ ।

हिउँको गहिराइ वा मोटाइ बढी देखिनुले अब, सगरमाथाको उचाइ पनि बढ्ने संकेत गर्छ । हिउँको स्तर, गुरुत्वाकर्षणको विचलन, प्रकाशले बाटो परिवर्तन गर्ने जस्ता कारणले सगरमाथाको वास्तविक उचाइ कति हो भन्नेमा अन्योल छ ।

सन् २०२० मा काठमाडौं र बेइजिङले सगरमाथाको नयाँ उचाइ आठ हजार ८४८.८६ मिटर घोषणा गरेको थियो । जुन पहिला भन्दा थोरै बढी हो ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement