site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक सबै असन्तुष्ट छन् : सांसद स्वाँर
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा सदस्य तारामान स्वाँरले आउँदो आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक सबै असन्तुष्ट रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

सत्तापक्ष भएकाले आफूहरूले बजेट पारित गर्नुपर्ने बाध्यता भए पनि सन्तुष्ट नरहेको उनले उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“अन्य विधेयकमा जस्तै आर्थिक विधेयकमा पनि यहाँ मान्यज्यूहरूले खर्च कटौतीको प्रस्ताव पेस गर्नुभयो । खर्च कटौतीको प्रस्ताव होइन, संशोधनसहित परिमार्जन गर्ने प्रणालीको निर्माण गर्नुपर्छ । सत्तापक्ष र प्रतिपक्ष सबै राजनीतिक दलहरू मिलेर आर्थिक प्रणाली र बजेट प्रणाली परिवर्तन गर्न प्रयास गर्नुपर्छ,” उनले भने, “मन्त्रालयगत विनियोजनसम्म आउँदा प्रतिपक्षका मात्रै होइन, हामी सत्तापक्षका मान्यहरू समेत सन्तुष्ट छैनौँ । केही नेता र मन्त्री र बिचौलियाहरूबाहेक सबै असन्तुष्ट छन् । प्रतिनिधिसभामा त पारित भइसकेको छ, सत्तापक्षका हामी सांसदले पारित त राष्ट्रियसभामा पनि गरौँला, तर सन्तुष्टिका साथ होइन ।”

राष्ट्रियसभा सदस्य स्वाँरले सत्तापक्षकै सांसदले पनि बजेट सन्तुष्टिका साथ पारित गर्ने स्थिति नरहेको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement