site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस
फाइल तस्बिर ।

काठमाडौं । विद्युतीय व्यापार विधेयक, २०८० राष्ट्रियसभामा पेस गरिएको छ । मंगलबार बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त विधेयक पेस गरेका हुन् ।

विधेयक पेस गर्दै मन्त्री रिजालले विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोबार बढ्दो क्रममा रहेकाले यसलाई नियमन, सहजीकरण र व्यवस्थित गर्न कानुन आवश्यक रहेको बताए । विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग। व्यवसायको प्रवर्द्धन गर्नका लागि यसको आवश्यकता भएको उनले उल्लेख गरे ।

यसअघि, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको जानकारी गराएका थिए ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro