site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार वर्षमा दुई अर्ब ३७ करोड बढीको सुन तस्करी

काठमाडौं । प्रहरीले कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । वैदेशिक रोजगारमा गएका कामदारलाई प्रयोग गर्दै गैरकानुनी रूपमा सुन ल्याउने समूहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै केही रकम र होटेल खर्च दिएर वैदैशिक रोजगारबाट फर्कने कामदारलाई प्रयोग गरेर कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीका विनोदकुमार साह र उनकी श्रीमती सन्जुकुमारी साह, धनुषाका सुनिलकमार महरा, सिराहाका दिनेशकुमार यादव, कपिलबस्तुका सन्तुगुलाम मुराउ, धनुषाका नेशर पंजियार, बाँकेका भुमबहादुर वली रहेका छन् ।

त्यस्तै प्रहरीले दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव र निमाई साहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये विनोदकुमार साह र उनकी श्रीमतीले सिनामंगलमा होटेल सञ्चालन गरेको र सुन संकलन गर्ने काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

सुन किन्ने, पैसा कतारमा व्यवस्थापन गर्ने काम शिवसुन्दर राउत गर्दै आएको उनले बताए । वैदेशिक रोजगारबाट स्वदेश फर्कदा कामदारलाई प्रयोग गरेर ५० ग्रामका दरले सुन ल्याउन लगाउने र त्यसबापत केही रकम दिने अनुसन्धानबाट खुलेको एसएसपी केसीले बताए ।

उक्त समूहले गएको चार वर्षमा मात्रै दुई अर्ब ३७ करोड रुपैयाँ बढीको सुन तस्करी गरेको अनुसन्धानबाट देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यस विषयमा विभिन्न कोणबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro