site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने ‘टार्गेट’ छ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को आउँदो हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेको बताएका छन् । सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनको सोमबार अवलोकन गर्दै उनले चाँडो काम सकाउन निर्देशन दिए ।

संसद् भवन देशको गौरव भएको उनले बताए । युद्धस्तरमा काम गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“युद्धस्तरमा काम गरे समयमै काम सकिन्छ । यो देशको गौरव हो । कतै कम्प्रमाइज नगरौँ । चाँडो काम सकौँ । यसका लागि सहरीमन्त्रीलाई धन्यवा,” उनले भने ।

संसद्को निर्माणाधीन १२ भवनको काम सकिन लागेको उनले उल्लेख गरे । “१२ वटा भवनको काम सकिन लागेको छ । तीव्र गतिमा सकेर हिउँदे अधिवेशन यहीँ गर्न सकियोस् भनेर मिसन, टार्गेट छ,” उनले भने ।

Global Ime bank

संघीय संसद्का बैठक अहिले नयाँ बानेश्वरस्थित भाडाको भवनमा बस्ने गरेको छ । सिंहदरबारभित्र विभिन्न मन्त्रालय र सरकारी कार्यालय रहेका र संसद् भवन पनि थपिँदा राम्रो हुने उनले बताए ।

संसद् भवन निर्माणकार्यले गति लिएको उनको भनाइ छ । “काम केही समय गति लिन सकेको थिएन । अहिले गति पाएको छ । सहरी विकास मन्त्रालयले समन्वय गरेर अघि बढेको थाहा भयो,” उनले भने, “यो हामी सबैको लागि नमिठो थियो कि हामी भाडामा बस्नुपरेको थियो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय