site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड, देउवा र ओली छलफलमा बस्दै
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता हुने भएको छ  ।

अहिले केही बेरमा सिंहदरबारमा छलफलको तयारी भएको हो ।

Argakhachi Cement Island Ad

“छलफलका लागि भनेर खबर आएको छ । अध्यक्षज्यू जाँदै हुनुहुन्छ । केहीबेरमा छलफल होला,” एमाले अध्यक्षको सचिवालयले बाह्रखरीसँग भन्यो ।

तीन नेताबीच संसद्को अवरोध हटाउने विषयमा आइतबार पनि छलफल भएको थियो । तर, सहमतिबाट ओली पछि हटेको भन्दै आइतबारको प्रतिनिधिसभा बैठक आजलाई सारिएको नेताहरु बताउँछन् ।

बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ । एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्