site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन पुगिन् आँचल साइबर ब्युरो ?
फाइल तस्बिर

काठमाडौं । दयाहाङ राईले नै आँचल शर्माको बचाउ गरेपछि उनलाई थप सहज भएको छ । दयाहाङ राईले आँचलले आफ्नो अपमान हुनेगरी कहीँ कतै नबोलेको भन्दै उनलाई गाली नगर्न आग्रह गरेका छन् । 

आँचलले ‘दयाहाङ राईलाई त्यसले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा दयाहाङले प्रतिक्रिया जनाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आँचलले अहिलेसम्म मेरो बारेमा कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन । एउटा कलाकारले गर्दै नगरेको कुरा गर्‍यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन् ।’

उनले सत्यतथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गालीगलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामग्रीहरू प्रसार नगर्न पनि आग्रह गरेका छन् । आफूसँग जोडेर आँचललाई लगातार दर्शकले गाली गर्न थालेपछि दयाहाङले उनलाई गाली नगर्न आग्रह गरेका हुन् । 

यही विषयलाई लिएर आँचल भने प्रहरीसमक्ष पुगेकी छन् । उनले आफ्नो चरित्रमा आँच आउने ढंगले सामाजिक सञ्जालमा सामग्री पोस्ट गरेको भन्दै दुईवटा फेसबुक पेजविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । दोषीलाई कानुनी कारबाहीको माग गर्दै उनले दुई फेसबुक पेजविरुद्ध निवेदन दिएकी हुन् । 

आफ्नो अनुमतिबिना चरित्रमा आँच आउने गरी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानुन बमोजिम कारबाही गर्न माग गर्दै उनले ब्युरोमा उजुरी दिएकी हुन् । 

प्रहरीसमक्ष उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका टेक्स्ट, भिडियो, अडियो, तस्बिरको स्क्रिनसट पेस गरेकी छन् । 

Aachal1688953150.JPG

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro