site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्माण व्यवसायी महासंघले सरकारसमक्ष राख्यो पाँच बुँदे माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारसमक्ष विभिन्न पाँच बुँदे माग राखेको छ । सरकारले असार २१ गते राजपत्रमा म्याद थप सम्बन्धमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ७४ (ख) बमोजिम बाधा अड्काउ फुकाउनका जारी गरेको आदेशप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासंघले सरकारले समयमै सम्पन्न नभएका आयोजनाहरूको आर्थिक दायित्व सार्वजनिक निकायले बहन गर्नुनपर्ने गरी निर्णय गरेको भन्दै महासंघले आपत्ति जनाएको हो । महासंघले सरकारको निर्णयले २५ सय बढी योजना प्रभावित भएको जनाएको छ ।

Dabur Nepal
NIC Asia

यो आदेश जारी हुनुभन्दा अगाडि नेपाल सरकारका विभिन्न निकायहरूसँग म्याद थपसम्बन्धी पटकपटक वार्ता र छलफल भएको महासंघले जनाएको छ ।

सो क्रममा 'माइलस्टोन' हटाएर भुक्तानीको व्यवस्था असार मसान्तभित्र गर्नुपर्ने, बजेट नभएको आयोजनाहरूको सुबिस्ताको आधारमा ठेक्का अन्त्य गर्ने र आम निर्वाचन, क्रसर बन्द समयमा भुक्तानी नभएको, बैंकमा तरलताको अभाव र पेट्रोलियम तथा स्टिलजन्य निर्माण सामग्रीको अप्रत्याशित र अत्याधिक मूल्यवृद्धिलगायत विभिन्न कारणबाट काम हुन नसकेको हुँदा मूल्य समायोजनसहित एकमुष्ट एक वर्ष म्याद थपका लागि महासंघले माग राखेको जनाएको छ ।

आफ्ना माग उक्त आदेशबाट सम्बोधन नभएको भन्दै महासंघले फेरि माग राखेको हो । हालसम्म चलेका ठेक्को भुक्तानी, सञ्चालमा रहेका र म्याद सकिएका योजनाको म्याद थप, मूल्य समायोजन र सरकारी निकायले निगरानी गरिरहेका योजनाको पनि म्याद थप गर्न महासंघले सरकारसमक्ष माग राखेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro