site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्राधिकरणका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीले स्पष्टीकरण बुझाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले असार १२ गते सात दिनको स्पष्टीकरण सोधेका थिए । तर, मन्त्री किरातीले गोप्य कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै स्पष्टीकरण दिएका थिएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्पष्टीकरण दिन अटेरी गरेपछि मन्त्री किरातीले बिहीबार पुनः तीनदिने स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण नदिनुको कारण स्पष्ट रुपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ दिन आग्रह गरिएको थियो ।

महानिर्देशक अधिकारीले अन्तिम दिन स्पष्टीकरण बुझाएका हुन् । मन्त्री किरातीका प्रेस सल्लाकार राजन राईले स्पष्टीकरण बुझाएको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement