site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इप्पानको विधान संशोधनका लागि पोखरेलको नेतृत्वमा मस्यौदा समिति गठन 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विधान संशोधन तथा पुर्नलेखनका लागि भानुभक्त पोखरेलको नेतृत्वमा समिति गठन भएको छ । 

गत जेठ ३२ गते सम्पन्न २१औँ साधारणसभाको निर्णयअनुसार संस्थाको विधान मस्यौदा गर्न इप्पानका सल्लाहकारसमेत रहेका भानुभक्त पोखरेल संयोजक रहने गरी ‘विधान संशोधन तथा पुर्नलेखन मस्यौदा समिति’ गठन गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उक्त समितिमा संस्थाका सदस्य एवं अधिवक्ता होमकान्त चौलागाई, इप्पान कार्यसमितिबाट उपाध्यक्ष रामप्रसाद आचार्य र दुईजना विज्ञ सदस्य संयोजकले मनोनयन गर्नेगरी ५ सदस्यीय विधान संशोधन तथा पुर्नलेखन मस्यौदा समिति गठन गरिएको छ । 

पोखरेलले संयोजकको जिम्मेवारी ग्रहण गर्दै संस्थालाई धेरै भन्दा धेरै प्रतिनिधिमुलक हुनेगरी मस्यौदा तयार पार्ने बताए । संयोजक पोखरेलले दुईजना विज्ञ सदस्य नियुक्त गरेपछि समितिले पूर्णता पाउने र काम अघि बढ्ने बताए ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्