site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुग्लिन–नारायणगढ सडक : पहिरो पन्छाउन अझै दुई घण्टा लाग्ने

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अझै अवरुद्ध छ । शनिबार अपराह्न करिब ४ बजेतिर सुक्खा पहिरो खसेका कारण दुईतर्फी सडक अवरुद्ध भएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिक खसेको पहिरो पन्छाउने कार्य जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सो कार्यालयका इन्जिनियर सागर कार्कीका अनुसार पहिरो पन्छाएर यातायातका साधन सञ्चालन गराउन अझै करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ । माथिबाट थप पहिरो आइरहेको उनको भनाइ छ ।

उपकरणको सहायतामा पहिरो पन्छाउने कार्य भइरहेको कार्यालयले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro