site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुग्लिन–नारायणगढ सडक : पहिरो पन्छाउन अझै समय लाग्ने

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो पन्छाउने कार्य जारी छ । चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिक शनिबार अपराह्न करिब ४ बजे पहिरो खसेको हो । सुक्खा पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध छ ।

पहिरो पन्छाउन अझै दुई/तीन घण्टाजति लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । उपकरणको सहायतामा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

सो कार्यालयका अनुसार पहिरो गएको विपरीत दिशातर्फ घरहरू भएकाले पहिरो पन्छाउन कठिनाइ भएको छ । थप पहिरो नखसे दुई/तीन घण्टामा सडक खुलाइने कार्यालयले जनाएको छ ।

यसअघि, पहिरो पन्छाउन करिब पाँच घण्टा लाग्ने अनुमान गरिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro