site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुग्लिन–नारायणगढ सडक : पहिरो पन्छाउन पाँच घण्टा लाग्ने

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पन्छाउन थालिएको छ । तत्काल दुई उपकरणको सहायतामा पहिरो हटाउन थालिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले जानकारी दिए ।

“अहिले दुइटा मेसिनले पहिरो पन्छाउन लागेका छन्, आवश्यक परे ब्याकअप पनि छ,” उनले बाह्रखरीसित भने ।

शनिबार अपराह्न करिब ४ बजे मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत कालीखोला पुलनजिक सुक्खा पहिरो खसेको उनले बताए ।पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध छ ।

सो पहिरो पन्छाउन करिब पाँच घण्टा लाग्ने अनुमान गरिएको छ । “हामीले पाँच घण्टा लाग्ने अनुमान गरेका छौँ । त्यसमा थप पहिरो खस्यो भने कति समय लाग्ने भन्ने अहिले नै अनुमान गर्न सकिँदैन,” उनले भने, “यसअघिको भन्दा नयाँ ठाउँमा पहिरो खसेको हो । थप पहिरो नखसे मोटामोटी पाँच घण्टामा सडक खुलाउने अनुमान गरेका छौँ ।”

केही दिनअघि चितवनको सोही सडकखण्डअन्तर्गत तुइनखोलानजिक पहिरो खस्दा पटक–पटक बाटो अवरुद्ध भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro