site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढी पहिरो : २३ दिनमा ३४ जनाले ज्यान गुमाए, जलविद्ययुत् क्षेत्रमा नौ अर्बको क्षति

काठमाडौं । नेपालमा मनसुन भित्रिएको २३ दिनमा बाढी पहिरोको घटनामा ३४ जनाले ज्यान गुमाएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अनुसार २५ बेपत्ता छन् ।

राष्ट्रियविपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार जेठ ३१ गतेदेखि हालसम्म बाढी पहिरोबाट ६४ जिल्ला प्रभावित हुँदा १९ जिल्लाका ३४ जनाले ज्यान गुमाएका हुन् । घाइतेमध्ये १५ जनाको हेलिकोप्टरबाट समेत गरी २१ को उद्धार गरिएको छ ।

राहत तथा उद्धारका लागि हालसम्म संघीय सरकारको तर्फबाट २० लाख नगद राहत वितरण भएको छ । त्यस्तै, काठमाडौंबाट ताप्लेजुङ, पाँचथर र संखुवासभामा २०० वटा त्रिपाल, ३४ वटा टेन्ट र १५० वटा ब्ल्याङ्केट पठाइएको छ ।

मनसुनजन्य घटनाहरुबाट ५४ घर पूर्ण रुपमा र २० घर आंशिक रुपमा क्षतिग्रस्त बन्दा २६४ पशु चौपायाको क्षति भएको छ । जसमा कुल ६ करोड १६ लाख बराबरको नोक्सानी भएको छ । त्यस्तै, ठूलो मात्रामा खेतीयोग्य जमिन र बालीनाली मासिएको छ ।

यसबीचमा बाढी र पहिरोबाट विभिन्न राजमार्गका नौवटा पुलसहित ६६ स्थानमा सडक क्षति हुँदा ४० करोड बराबरको नोक्सानी हुन पुगेको छ । हाल दुईवटाबाहेक सम्पूर्ण सडक मार्ग सुचारु भइसकेका छन् ।

त्यस्तै, ताप्लेजुङ्गका ११ र पाँचथरका ११ गरी २२ वटा झोलुङ्गे पुल बगाउँदा करिब १२ करोड १० लाख ८८ हजारको क्षति भएको छ ।

मनसुनजन्य विपद्ले ठूला जलविद्युत् आयोजनाहरुमध्ये निर्माणाधीन ३२६.८३ मेगावाट क्षमताका १७ वटा आयोजनामा दुई अर्ब ६२ करोड र सञ्चालनमा रहेका १३२.७४ मेगावाट क्षमताका १३ वटा आयोजनामा पाँच अर्ब ९२ करोडका क्षति भएको छ ।

साथै, ताप्लेजुङ्गका १६, पाँचथरका सात, इलामको एक, संखुवासभाका तीन र भोजपुरका चार गरी सञ्चालनमा रहेका र निर्माणाधीन १४९६.५ किलोवाट क्षमताका ३१ लघुजलविद्युत् आयोजनाहरुमा ४४ करोड ९० लाख गरी जलविद्युत् क्षेत्रमा मात्र करिब नौ अर्बको क्षति भएको प्राधिकरणले जनाएको छ ।

खानेपानीतर्फ खोटाङ्ग, ओखलढुङ्गा, संखुवासभा, इलाम, पाँचथर र ताप्लेजुङ्ग गरी ६ जिल्लाका २८ वटा संघीय आयोजनाहरुमा मात्र आठ करोड ९२ लाखको क्षति पुगेको छ ।

त्यस्तै, संघीय आयोजनातर्फ सर्लाहीस्थित जनताको तटबन्धको ३२० मिटर, नारायणी नदी व्यवस्थापनको १०० मिटर तटबन्ध र सुनसरी मोरङ्ग सिँचाइ आयोजनामा क्षति पुगेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro