site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्टार्टअप वर्ल्डकपमा गल्ली म्याप उत्कृष्ट

काठमाडौं । नेपाल स्टार्टअप वर्ल्डकप २०२३ मा गल्ली म्याप उत्कृष्ट भएको छ । 

देशभरका स्टार्टअपबीच भएको प्रतिस्पर्धामा टप टेन र प्रदेश तथा नगर तहबाट प्रतिस्पर्धा गरेका पाँच स्टार्टअप बीचको प्रतिस्पर्धामा बिहीबार गल्ली म्याप छनौट भएको हो ।

विश्वभरका करिब १०० देशमा हुने स्टार्टअपको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हबले आयोजना गरेको थियो ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पेगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको सुरुआत गरेको हो । वर्ल्ड ट्रेड ग्रुप अन्तर्गतको स्टार्टअप हब नेपालले स्टार्टअप वर्ल्डकप नेपाल भित्र्याएको हो । 

यसपटक गरिएको स्टार्टअप तेस्रो सिजन हो । स्टार्टअप वर्ल्डकप नेपाल एडिसनको उद्घाटन अर्थमन्त्री डा.प्रकाशशरण महतले गरेका थिए । क्रममा उनले स्टार्टअप प्रवर्द्धन गर्न र इन्नोभेसनमा सपोर्ट गर्न सरकार तयार रहेको बताएका छन् ।

प्रतिस्पर्धामा उत्कृष्ट भएको गल्ली एक्सप्रेसका राजविक्रम महर्जनलाई स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेल र पेगासिस टेक भेन्चरका पार्टनर तथा स्टार्टअप वल्र्डकप नेपाल २०२३ का एम्बेस्डर सिसिलिया लरासातीले अवार्ड हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro