site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी प्रदेश सरकारमा उत्पन्न विवादको निकास एमालेले खोज्नु पर्छ : डा. कोइराला
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन् । प्रचण्डले व्यवसायी प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिले नेपाली जनताको आत्मसम्मानमा समेत ठेस पुगेको बताए । 

गृहनगर आउने क्रममा शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग  कोइरालाले भने, “प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को गरिमालाई पनि धक्का लागेको छ ।”

कोइरालाले कोसी प्रदेश सरकार गठन गर्न सभामुख तटस्थ बस्न नसक्नु लोकतन्त्र र संविधानको बर्खिलाप भएको बताए । “लोकतान्त्रिक परिपाटी र संसदीय अभ्यासबाट संविधानलाई टेकेर अघि बढ्नुपर्नेमा सदस्यका रूपमा सभामुखले उपस्थिति जनाउनु हुँदैन थियो,” उनले भने । संसदीय व्यवस्थामा अंकगणितको खेल हुने गरेको तर यस्ता उतारचढाव चिरेर अघि बढ्नुपर्ने सुझाव दिए । संसदीय परम्परा र संविधानमा भएका कुरालाई अघि बढाउनु पर्ने उनको तर्क थियो ।
 
कोसी प्रदेशको अहिलेको समस्याको निकास एमालेले दिनुपर्ने भन्दै कोइरालाले भने, “निकास एमालेले खोज्ने होला । उहाँ अदालत जानुहोला । अदालतले जे निर्णय गर्छ  हामीले स्वीकार गर्नुपर्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement