site stats
बाह्रखरी :: Baahrakhari
देश
नहरमा बेपत्ता वृद्ध मृत फेला
प्रतीकात्मक तस्बिर।

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरका ६५ वर्षीय कालुराम ओड महाकाली सिँचाइको नहरमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बिहीबार दिउँसो नहरमा हामफालेर बेपत्ता भएका वृद्ध ओड मृत फेला परेका हुन् ।

Argakhachi Cement Island Ad

प्रहरीका अनुसार ओड वेदकोट–६ घुर्सुवामा नहरमा मृत फेला परेका हुन् ।

“नहरमा हामफालेर बेपत्ता भएपछि उनको खोजी गर्ने क्रममा शव भेटिएको हो,” उनेले भने, “खोजी गर्दै जाँदा २५ मिटर पर मृत अवस्थामा भेटिएका हुन् ।”

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्