site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले बेकारको विषय उठायो, प्रधानमन्त्रीको राजीनामा आउँदैन : सञ्चारमन्त्री

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामा नदिने स्पष्ट पारेको छ । 

बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने बताइन् । 

गएको सोमबार पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागिरहेको छ । 

तर, सञ्चारमन्त्रीले शर्माले प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको दाबी गरिन् । उनले 'बेकारको विषय'लाई संसद्‍मा उठाउनुपर्ने आवश्यकता नै नरहेको पनि बताइन् । 

"प्रधानमन्त्रीज्यूले विभिन्न ढंगले प्रधानमन्त्री बनाउन लाग्नुभएको भन्ने कुरा धेरै पहिलाको कुरा हो, त्यसका विषयमा उहाँलाई उल्लेख गर्नुभएको हो । जो व्यक्ति आजका दिनसम्म आइपुग्दासम्म जसरी मिडियामा बोलिसक्नुभएको छ, त्यो विषय पनि बेकार यो उठाउनुपर्ने विषय होइन, भन्ने नै प्रमाणित भएको, त्यसैले यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन । राजीनामा दिनुहुन्न," उनले भनिन् ।

बरु प्रतिपक्षी दलका कारण सरकारले मिटर ब्याजविरुद्धको विधेयक संसद्बाट पास गर्न नपाएको उनको आरोप छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro