site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सात घण्टामा एक करोड नाघे थ्रेड्सका प्रयोगकर्ता

काठमाडौं । मेटा प्रमुख मार्क जुकरबर्गले सार्वजनिक गरेको थ्रेड्स एपले ट्विटरलाई उछिन्ने बताएका छन् ।  युरोपियन युनियनबाहिरका १०० मुलुकमा सार्वजनिक थ्रेड्स एपमा ५०० अक्षरसम्म पोस्ट गर्न सकिन्छ ।

यस्तै, यसमा लिंक, फोटो र पाँच मिनेटसम्मको भिडियो पनि पोस्ट गर्न सकिन्छ । थ्रेड्स एपले लञ्च भएको पहिलो सात घण्टामा एक करोड प्रयोगकर्ताले साइन अप गरेको जुकरबर्गले भनेको बीबीसीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

जुकरबर्गले थ्रेड्सलाई मैत्रीपूर्ण बनाउने र यो नै यसको सफलताको चाबी बन्ने बताएका थिए ।

ट्विटरका प्रमुख एलन मस्कले “दु:ख लुकाएर इन्स्टाग्रामको झुटो खुसीमा लिप्त हुनुभन्दा ट्विटरमा अपरिचितले आक्रमण गरेकै पनि जाती भएको” भन्दै प्रतिक्रिया दिएका छन् ।

के यो एप ट्विटरभन्दा ठुलो हुनेछ ? भनेर सोधिएको प्रश्नमा जुकरबर्गले केही समय लागे पनि यो एक अर्ब मानिसले कुराकानी गर्ने एप हुनुपर्ने बताएका छन् । इन्स्टाग्रामकै अकाउन्टबाट साइन अप गर्न मिल्ने थ्रेड्समा त्यहाँका एक अर्ब बढी प्रयोगकर्ता आउनुपर्ने जुकरबर्गको भनाइ हो ।

यसका प्रतिद्वन्द्वीले थ्रेड्सले व्यक्तिगत जानकारी, स्वास्थ्यसम्बन्धी, आर्थिक र ब्राउजिङको डाटाको प्रयोगलाई लिएर आलोचना गरेका छन् । थ्रेड्समा आगामी दिनमा फिचर थप्दै जाने कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro