अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो ।
यस दिन छापावाल सुन तोलाको एक लाख १० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सो सुन तोलाको एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० ११:२३
प्रतिक्रिया दिनुहोस्