site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
द्वन्द्वको शान्तिपूर्ण समाधानको सामूहिक प्रयास गर्न विश्वका नेतालाई परराष्ट्रमन्त्रीको आग्रह
फाइल तस्बिर।

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले द्वन्द्वको शान्तिपूर्ण समाधानको सामूहिक प्रयास गर्न विश्वका नेतालाई आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री साउदले असंलग्न आन्दोलनको समय–परीक्षित सिद्धान्तको महत्त्वलाई जोड दिँदै वार्ता, समझदारी र द्वन्द्वको शान्तिपूर्ण समाधानको प्रवर्द्धनमा सामूहिक प्रयास गर्न विश्व नेताहरूलाई आग्रह गरे ।

Dabur Nepal
NIC Asia

अजरबैजानको बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम)को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले आज वर्तमान विश्वव्यापी चुनौतीहरूबारे प्रकाश पार्दै संवाद र विविधताको सम्मानबाट दिगो शान्ति प्रवर्द्धन गर्नुपर्ने बताए ।

नामभित्र अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन, दक्षिण–दक्षिण सहयोगलाई प्रगाढ बनाउन र विश्वव्यापी समस्याको समाधानका लागि केन्द्रमा रहेको संयुक्त राष्ट्रसंघसँग बहुपक्षीयतालाई सुदृढ गर्ने आवश्यकतामा जोड दिए ।

“नेपाल नामको सिद्धान्त र यी चुनौतीहरूको सामना गर्ने एकताको शक्तिमा दृढ विश्वास गर्दछ,” उनले भने ।

दिगो विकासका लागि सन् २०३० को एजेण्डा हासिल गर्न आर्थिक विकासलाई तीव्रता दिनुपर्ने र न्यायपूर्ण, समावेशी र समतामूलक विश्व व्यवस्थाका लागि प्रयास गर्नुपर्नेमा उनले जोड दिए । कोही पनि पछि नपरोस् भनेर सबैको समृद्धि सुनिश्चित गर्नुपर्नेमा मन्त्री साउदले जोड दिए ।

सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट उत्तीर्ण हुने नेपालको आकांक्षालाई प्रकाश पार्दै परराष्ट्रमन्त्रीले नेपालमा जलवायु परिवर्तनको प्रतिकूल असरलाई पनि जोड दिए । जलवायु न्याय, दिगो विकासको प्रवर्द्धन र जलवायुसम्बन्धी सहयोग जुटाउन नामको सामूहिक वकालत गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।

कार्यक्रमका अवसरमा परराष्ट्रमन्त्रीले मलेसियाका विदेशमन्त्री डा. जाम्ब्री अब्द कादिर, भेनेजुएलाका विदेशमन्त्री युभान गिल–पिन्टो, इथियोपियाका विदेश राज्यमन्त्री मेसगानु अर्गामोच र भियतनामको विदेश मामिलामन्त्री डो हङ भियतसँग वार्ता गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro