site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीन फरक योजनामा सिम्रौनगढका कर्मचारीसहित उपभोक्ता समितिविरुद्ध भ्रष्टाचार मुद्दा दायर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह सहित तीन फरक–फरक उपभोक्ता समितिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह कानु, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब–इन्जिनियर उपेन्द्र कुशवाहाले मधेस प्रदेश सरकारका तीन फरक–फरक योजनामा भए गरेको काम भन्दाबढी रकम भुक्तानी गरेको आरोपमा उपभोक्ता समितिका सदस्यसमेतलाई भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुन, चौधरी, यादव र कुशवाहासहित विभिन्न उपभोक्ता समितिका ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो सडक ढलान निर्माण कार्यमा भए गरेको कार्यभन्दा ८१ हजार ९६३ रुपैयाँ उपभोक्ता समितिका अध्यक्ष संजय यादव, सचिव दिपेन्द्र चौधरी र कोषाध्यक्ष विजुली देवीलाई भुक्तानी गरेको आरोप रहेको छ । 

त्यस्तै, दोस्रो रानीवास संग्राहालय भवन निर्माण कार्यमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनि नापी किताब चढाई, झुट्टा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी नभए/नगरेको उनीहरूमाथि आरोप छ । 

Global Ime bank

उक्त संग्राहालय निर्माणमा चार लाख दुई हजार ९८० रुपैयाँको गलत भरपाई खडा गरी उपभोक्ता समितिका अध्यक्ष निरंजनप्रसाद कुशवाहा, सचिव रामपाल दास र कोषाध्यक्ष संध्या देवीलाई बुझाएको आरोपपत्रमा उल्लेख छ । 

साथै रानीवास खेल मैदान निर्माण कार्यमा समेत उपभोक्ता समितिका अध्यक्ष सोनालालप्रसाद यादव, सचिव नन्दकिशोर साह कानु र कोषाध्यक्ष गीताकुमारी साहसँग मिलेर लाख ५६८ रुपैयाँको गलत भुक्तानी लिएको आरोपपत्रमा उल्लेख छ । 

यी तीन योजनामा अख्तियारले आजै फरक–फरक आरोपपत्रमा मुद्दा दायर गरेको हो । यी मुद्दाहरूमा नगरपालिका कर्मचारीलाई भ्रष्टाचार गरेको रकम बराबर बिगो रकम कायम गरी, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (ज्ञ) बमोजिम कैद एवं जरिवाना दाबी गरिएको छ । 

त्यस्तै उपभोक्ता समितिका नौजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा (द्ध) बमोजिम सजाय हुन माग दाबी लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement