राजनीति

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बैठक आउँदो असार २७ गते दिउँसो १ बजेका लागि आह्वान गरेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एकवर्षपछि बस्न लागेको हो । अघिल्लो बैठक ०७९ असार २७ देखि साउन २ गते बसेको थियो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विविध विषयमा छलफल हुने उनले बताइन् ।
कांग्रेस विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० १५:२०
प्रतिक्रिया दिनुहोस्