site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा उड्ने र गुड्ने कारले पायो अनुमति, कति पर्छ मूल्य ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले पहिलोपटक उड्ने र गुड्न पनि सक्ने कारलाई परीक्षणका लागि अनुमति दिएको छ । क्यालिफोर्निया आधारित स्टार्टअप अलेफ एयरोनटिक्सले बनाएको यो कारलाई 'मोडल ए' नाम दिएको छ ।

यो फ्लाइङ कार सडकमा गुड्न सक्छ भने अरू सामान्य कारझैँ पार्क पनि गर्न सकिन्छ । पूर्णरूपमा विद्युतीय ऊर्जाबाट चल्ने यस कारले हाललाई दुई यात्रु बोक्न सक्छ ।

एकपटक फुल चार्ज गर्दा यो कार १६० किलोमिटर उडान भर्न सक्ने र ३२१ किलोमिटर गुड्न सक्ने बताइएको छ । तीन लाख अमेरिकी डलर (करिब तीन करोड ९० लाख नेपाली रुपैयाँ) मूल्य पर्ने अनुमान गरिएको यो कार सन् २०२५ को अन्त्यदेखि बिक्री थाल्ने कम्पनीको भनाइ छ ।

फ्लाइङ कारको प्रदर्शनी, अनुसन्धान र विकासका लागि कम्पनीलाई विशेष वायुयोग्यता प्रमाणपत्र दिएको एफएएले पुष्टि गरेको छ ।

धेरै कम्पनीले विद्युतीय भर्टिकल टेक अफ एन्ड ल्यान्डिङ (भीटीओएलएस) सवारीको विकास गरिरहेका छन् । एफएएले यस किसिमको प्रमाणपत्र प्राप्त गर्ने अलेफ एयरोनटिक्स मात्रै पहिलो कम्पनी नभएको जनाएको छ ।

तर, अलेफ भने आफ्नो कार सामान्य कारजस्तै देखिने, सडकमा गुडाउन सकिने, पार्क गर्न सकिने र उड्न पनि सक्ने क्षमताका कारण फरक रहेको जनाएको छ । यो स्टार्टअपलाई अर्बपति उद्यमी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले पनि समर्थन गरेको बताइएको छ ।

सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro