site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमले तिर्‍यो २४ अर्ब ऋण, पाक्षिक नाफा एक अर्ब रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएकोे छ । समायोजनपछिको मूल्यका आधारमा निगम आगामी १५ दिनका लागि एक अर्ब नाफामा जाने देखिएको छ ।

सोमबार राति १२ बजेदेखि लागु भएको इन्धनको मूल्यअनुसार निगम एक अर्ब नाफामा हुनेछ । जुलाई १ तारिखमा इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले निगमलाई उपलब्ध गराएको मूल्यसूचीअनुसार निगम एक अर्ब ६० करोड रूपैयाँ नाफामा थियो ।

निगमले सोमबार मूल्य समायोजन गरेर पेट्रोलियमको मूल्य घटाएसँगै जुलाई १६ तारेखसम्म एक अर्ब नाफामा रहेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

Dabur Nepal

जुलाई १ तारिखमा आईओसीबाट मूल्य घटेर आएपछि मूल्य समायोजन गरेर इन्धनको मूल्य निगमले घटाएको छ । अहिले आईओसीले निगमलाई प्रत्येक महिनाको दुई दिन (१ र १६ तारिख)मा नयाँ मूल्यसूची उपलब्ध गराउँदै आएको छ । सोहीअनुसार जुलाई १ तारिखमा आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो ।

त्यससँगै निगमले सोमबार तीनवटा वर्गीकरण गरेर पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको थियो । निगमले पहिलो, दोस्रो र तेस्रो गरी तीनवटा वर्गीकरण गरेर पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

पहिलो वर्गअन्तर्गत निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी नेपालगञ्ज र धनगढीमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर सात रुपैयाँ ५० पैसा घटाएको छ ।

त्यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा ६ रुपैयाँ घटाएको छ भने र तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर पाँच रुपैयाँले मूल्य घटाएको थियो ।

निगमले हाल प्रत्येक महिनाको आठ र २३ तारिखमा भुक्तानी गर्दै आएको छ । निगमले इन्धन खरिद गरेबापत आईओसीलाई सावाँ र ब्याज गरी २४ अर्ब ४५ करोड ऋण तिर्नुपर्ने थियो । जसमध्ये सावाँबापतको २४ अर्ब रुपैयाँ जुन २३ तारिखमा तिरेको प्रवक्ता ठाकुरले जानकारी दिए ।

त्यस्तै, ब्याजबापत रहेको ४५ करोडमा पनि २८ करोड रुपैयाँँ भुक्तानी गरिसकेको उनले बताए । आब आईओसीलाई भुक्तानी गर्न १७ करोड रुपैयाँ रहेको ठाकुरले जानकारी दिए । बाँकी रहेको १७ करोड ब्याज रकम पनि जुलाई ८ मा भुक्तानी गर्ने उनले बताए ।

निगमले नाफा, भ्याट रिफन्ड र मूल्य स्थिरीकरण कोषमा राख्नुपर्ने पैसा जम्मा गरेर आईओसीलाई ऋण तिरेको हो । निगम चालु आर्थिक वर्ष २०७९÷०८० को जेठ मसान्तसम्ममा १७ अर्ब नाफामा रहेको थियो । उक्त नाफामा भ्याट रिफन्डबाट साढे तीन अर्ब र मूल्य स्थिरीकरण कोषमा राख्नु पर्ने साढे तीन अर्ब गरी आईओसीलाई २४ अर्ब रुपैयाँ भुक्तानी गरेको ठाकुरले जानकारी दिए ।

मूल्य समायोजनपछि कहाँ कति मूल्य ?

निगमले गएराति १२ बजेदेखि लागु हुने गरी इन्धनको मूल्य घटाएको छ । यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्नेछ ।

पहिलो वर्गमा राखिएका तराईका जिल्लाहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ तोकिएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro