देश
काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २९ वर्षीय ससिनकुमार थापा रहेका छन् ।
सन्तोष गुरुङ समेतलाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु भन्दै चार लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
आइतबार साँझ बाफलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० २२:५७
प्रतिक्रिया दिनुहोस्