site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार काठमाडौंबाट पक्राउ
प्रतीकात्मक तस्बिर

काठमाडौं । अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार एकजना पक्राउ परेका छन् ।

दाङको साविक उरहरी गाविस–८ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय नवीन बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नवीनसमेतका व्यक्तिहरूले पीडित महिलालाई २०६७ असार १५ गते राति दाङको तुलसीपुर नगरपालिका–५ नयाँ बसपार्कस्थित गेष्ट हाउसबाट अपहरण गरी तुलसीपुर नगरपालिका ५ र ९ को सीमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा लगि सामुहिक जबरजस्ती करणी गरेका थिए ।

अपहरण तथा जबरजस्ती करणी मुद्दाका घटनामा सर्वोच्च अदालतको २०७९ जेठ १० गतेको फैसलाले ६ वर्ष कैद सजाय ठहर गरेको थियो । फरार रहेका बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौंको काभ्रेस्थलीबाट पक्राउ गरेको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  २१:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro