site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निजी विद्यालयलाई कडाइ गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयले उपलब्ध गराउने कक्षा ११ को छात्रवृत्तिका लागि आफैँ परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ अनुसार आगामी शैक्षिक सत्रदेखि आफैँ परीक्षा सञ्चालन गर्ने जनाएको छ । महानगरले यसबारे सोमबार औपचारिक सूचना निकाल्दै सरोकारवाला सबैमा सर्कुलरसमेत गरिसकेको छ ।

कति विद्यालयमा लागु गरिन्छ ?
काठमाडौं महानगरपालिकाभित्र अहिले ५०४ निजी तथा ८९ सामुदायिक विद्यालय सञ्चालनमा रहेको तथ्यांक छ । त्यसमा प्लस टू समेत अध्ययन गराउने शैक्षिक संस्थाको विवरण महानगरले अहिले संकलन गरिरहेको छ । त्यस्तै, प्लस टू मात्रै अध्ययन गराउने निजी शैक्षिक संस्था करिब ६५ वटा रहेको महानगरको अनुमान छ ।

प्लस टू अध्ययन गराइरहेका निजी शैक्षिक संस्था र विद्यार्थी विवरणका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरिरहेको महानगरका शिक्षा अधिकृत मोतिराज खनालले बताए ।

Dabur Nepal
NIC Asia

आगामी शैक्षिक सत्र २०८०/०८१ को कक्षा ११ को कक्षा सञ्चालन हुनुअघि महानगरले छात्रवृत्ति परीक्षा लिनेछ । त्यसमा सामुदायिक विद्यालयमा अध्ययन गरेका, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबसहितलाई छनोटका आधार छात्रवृत्ति उपलब्ध गराउने महानगरको योजना छ ।

छात्रवृत्तिका लागि महानगरले सुरुमा शैक्षिक संस्थाको कोटा निर्धारण गर्नेछ । छात्रवृत्तिको कोटा विद्यार्थी संख्याका आधारमा प्रतिशैक्षिक संस्था १० प्रतिशतका दरले हुनेछ ।

त्यसपछि, विद्यार्थीको आवेदन माग गरी तीमध्येबाट योग्यताक्रम छुट्याइनेछ । त्यसका लागि महानगरले नै प्रवेश परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षामा नाम निकालेका विद्यार्थीको नाम महानगरले शैक्षिक संस्थामा छात्रवृत्तिका लागि सिफारिस गर्नेछ ।

परीक्षापछि योग्यताक्रम, सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिब, जेहेन्दार तथा पिछडिएको क्षेत्र र आदिवासी जनजातिलगायत शीर्षकमा छात्रवृत्तिको कोटा छुट्याइनेछ । त्यसबाट छनोटमा परेकालाई शैक्षिक संस्थाहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ ।

यसअघि, महानगरअन्तर्गतका सबै शैक्षिक संस्थालाई चालु शैक्षिक सत्रको माध्यमिक तहको छात्रवृत्ति विवरण माग गरेको थियो । ५०४ वटा निजी विद्यालयमध्ये ४६५ वटा विद्यालयले छात्रवृत्तिको विवरण बुझाएको महानगरको तथ्यांक छ ।

कुन कानुनका आधारमा अघि बढ्दै छ महानगर ?
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ ले आधारभूत र माध्यमिक शिक्षासम्बन्धी काम, कर्तव्य र अधिकारको प्रयोगको अधिकार स्थानीय तहलाई दिएको छ ।

त्यसअन्तर्गत काठमाडौं महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मा निजी विद्यालयको समेत अनुगमन गरी स्वीकृत मापदण्ड पालना गर्न लगाउने र सोहीअनुसार पुरस्कार र दण्डका लागि कार्यपालिकासमक्ष सिफारिस गर्नसक्ने व्यवस्था छ ।

जसअन्तर्गत संस्थागत विद्यालयहरूले प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई क्रमशः सतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

त्यस्तै, विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाइ जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्दपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

यसरी छात्रवृत्ति प्रदान गर्दा छात्रवृत्ति पाएकामध्ये कम्तीमा ५० प्रतिशत छात्रा हुनुपर्ने पनि नियमावलीमा प्रष्ट व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro