site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सीके राउतलाई प्रधानमन्त्रीले भने– सरकारमा आउनुस्
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारको समर्थन फिर्ता नलिन आग्रह गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा उनले राउतलाई सरकारमा सामेल हुन आग्रह गरेका हुन् ।

जनमत पार्टीका प्रवक्ता हरेन्द्र चौधरीले प्रधानमन्त्रीको प्रस्तावमा अध्यक्षले पार्टीमा छलफल गर्ने जवाफ दिएको जानकारी दिए ।

“प्रधानमन्त्रीले सरकारको समर्थन फिर्ता नलिनुुस्, सरकारमा आउनुस् भन्नुभएको छ,” उनले भने, “अध्यक्षले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिनुभएको छ ।”

जनमत पार्टीबाट यसअघि प्रचण्ड सरकारमा अब्दुल खान मन्त्री बनेका थिए । मन्त्रालयमा चित्त नबुझेको भन्दै उनले राजीनामा दिए पनि पार्टीले सरकारको समर्थन कायम राखेको थियो ।

तर, बजेटको बाँडफाँटमा एकलौटी भएको भन्दै जनमत बजेटको विपक्षमा उभिएको थियो । उसले सरकारको समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला आइतबार प्रधानमन्त्रीसँग भेट भएको हो ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro