site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेताहरूलाई बालेनले भने– वर्षभरि नै धान रोपे 'भारतको गुलाम' हुनु पर्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले राजनीतिक दलका नेताहरूलाई फेरि 'भारतको गुलाम'को संज्ञा दिएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत बालेनले नेताहरूलाई वर्षभरि धान रोपे भारतीय गुलाम हुनुनपर्ने बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले लेखेका छन्,"नेताज्यूहरूले यसरी नै वर्षभरि नै धान रोपिदिनुभो भने तपाईंहरू भारतको गुलाम हुनु पर्दैन ।"

बालेनले सामाजिक सञ्जालमार्फत बेलाबेला नेताहरूलाई विभिन्न आरोप लगाउँदै आएका छन् । 

शुक्रबार धान दिवसको अवसर पारेर एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूले किसानहरूको खेतामा गएर धान रोपेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  २३:०८
प्रतिक्रिया दिनुहोस्