site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसलाई भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन् : नेता केसी
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकका रुपमा चिनेका बताएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले कांग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकको रुपमा चिनेका बताएका हुन् ।

कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रुपमा पनि चिनेका उनले बताए । जनता निराश भएर विकल्प खोजिरहेका भन्दै उनले कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने बताए ।

“लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रुपमा जनताले चिनेका छन् । भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन् । विकृति र मनपरीतन्त्रको संवाहकका रुपमा हामीलाई चिनेका छन्,” उनले भने, “त्यसले गर्दा जनतामा निराशाको स्थिति र अरु के विकल्प छ भनेर खोजिरहेका छन् । जनता विकल्प खोज्छन् । कसैलाई कुरेर बस्दैनन् ।”

नेता केसीले कांग्रेसभित्र वैचारिक पुर्नजागरणको नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले आफूहरुले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने बताए ।

“पार्टीभित्र आएका चुनौती, पार्टीभित्र लागेका दोषारोपणहरु, यो समग्र रुपबाट एक ठाउँमा उभिएर नयाँ विचार र दृष्टिकोणसहित हामी अब सुध्रियौँ है भनेर नेपाली जनतालाई भन्ने र हामीले जे गल्ती गरेका छौँ, यहाँनिर चाहिँ गल्ती भएको हो है अब हामी गल्ती गर्दैनौँ भनेर त्यो ढंगले जान सकेनौँ भने लोकतन्त्रलाई चुनौती छ । पार्टीलाई पनि चुनौती छ,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro