site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४ घण्टामै कारणसहितको लिखित जवाफ पेस गर्न बन्दीप्रत्यक्षीकरणको रिटमा आदेश 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । ललितानिवास प्रकरणमा पक्राउ परेका तीनजनाको तर्फबाट परेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको छ । 

उक्त आदेशमा बाटोको म्यादबाहेक २४ घण्टामै निवेदकहरूलाई पक्राउ गर्नुको आधार, कारण र प्रमाणसहित लिखित जवाफ पेस गर्न आदेश भएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्याद बाहेक २४ घण्टाभित्र कागज प्रमाणहरूसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र निवेदन पत्रको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नू ।” आदेशमा उल्लेख छ ।

गत मंगलबार पक्राउ परेका निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमको तर्फबाट बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । उक्त रिटमा न्यायाधीश डा. कुमार चुडालको इजलासले प्रारम्भिक सुनुवाइ पछि सो आदेश गरेको हो ।

Royal Enfield Island Ad

साथै सर्वोच्मै विचाराधीन रहेका दुई रिट निवेदनको मिसिल हालको बन्दीप्रत्यक्षीकरणको रिटमा आवश्यक भएकाले उक्त मिसिलहरू पेस गर्न आदेश भएको छ ।  

“निवेदक टिकाराम घिमिरे समेत वि. नेपाल सरकार, गृहमन्त्रालय समेत भएको रिट नं ०७९– धय–०००६ तथा दिलकुमारी शाह समेत वि. प्रधानमन्त्री परिषद्को कार्यालय सिंहदरबारसमेत भएको रिट नं ०७८–०–८५९ को निवेदन समेत यसै अदालतमा विचारधीन रहेकोले सो मिसिलहरू समेत अवलोकनार्थ साथै राखी पेस गर्नू ।” आदेशमा लेखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro