site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीमा नयाँ सरकार गठन गर्न केन्द्रको निर्देशन कुर्दै दलहरू 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्व सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबारको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन नसकेपछि कोसीमा एमाले सरकार ढलेको हो । यो सँगै केन्द्र र सातै प्रदेशमा एमाले सत्ताविहीन भएको छ । 

कोसीमा एमाले सरकार ढलेसँगै दलहरू नयाँ सरकार गठनको कसरतमा जुटेका छन् । केन्द्रीय गठबन्धन मुताविक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र निर्णायक मत रहेको जनता समाजवादी पार्टीले नयाँ सरकार बनाउने बुझिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, प्रदेशका नेताहरू केन्द्रको निर्देशन ताकेर बसिरहेका छन् । मुख्यमन्त्री कार्की पदमुक्त भएसँगै अब गठबन्धन दलले नयाँ सरकार गठनको प्रक्रिया थाल्ने नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए । 

कसले नेतृत्व गर्ने भन्ने विषयमा केन्द्रले निर्णय गर्ने थापाले बताए । कांग्रेस केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बे कोसी सरकारको विषयमा केन्द्रले निर्णय गर्ने बताउँछन् । 

Global Ime bank

बाह्रखरीसँग उनले आज साँझबाट कोसी सरकारको विषयमा शीर्ष नेतृत्वमा छलफल हुने बताए । 

“भरे भोलिसम्म गठबन्धनमा भएका दलहरूका सबै नेताहरू केन्द्रमा आउनुहुन्छ अनि हामी छलफल सुरु गर्छौं,” उनले भने ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य धर्मशिला चापागाईं परिस्थिति जटिल भएको र अहिले केन्द्रीय नेतृत्वले सुझबुझका साथ निर्णय लिने बताइन् । “स्थिति जटिल छ । मध्यावधि जानुहुँदैन । केन्द्रले सबैलाई मिलाएर निर्णय गर्नेछ,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !