विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई आफ्नो पदबाट राजीनामा दिन सुझाव दिएको छ ।
सभाको आजको बैठकमा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी छलफलमा भाग लिँदै कांग्रेस संसदीय दलका नेता उद्वव थापाले विश्वासको मत प्राप्त हुने अवस्था नरहेकोले राजीनामा दिन सुझाव दिए ।
उनले भने, “हामीले तपाईले प्रस्ताव गरेअनुरुप विश्वासको मत दिन सक्ने अवस्था छैन । अन्य दलबाट समेत त्यस्तै कुरा आएकोले राजीनामा दिन उपयुक्त हुन्छ ।”
थापाले सरकारले सर्वदलीय सहमतिको सरकारका लागि अन्य दलका संसदीय दलका नेताहरूसँग छलफलसमेत नगरेकोले त्यो सम्भावना नरहेको बतए ।
“अब सर्वदलीय सहमतिको सरकारको अवस्था अन्त्य भइसकेका कारण नयाँ सरकार गठनका लागि राजीनामा दिएर बाटो खुला गर्नुपर्दछ”, उनले भने ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङवोले सरकारले ढंग नपु¥याउँदा सरकार आफैँ समस्यामा परेको बताए ।