site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
समाज रुपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रुपान्तरणको अभिभारा पूरा भइ नसकेको बताएकी छन् ।

बिहीबार काठमाडौंमा मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज रुपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइ नसकेको बताइन् । उनले राजनीतिक रूपमा केही संरचनागत परिवर्तनहरू भएपनि नेपाली क्रान्ति सम्पन्न भइ नसकेको बताइन् । यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावनाहरू बाँकी रहेको उनको भनाइ छ ।

उनले भनिन्, “समाज रुपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन । यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ । जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन ।”

Global Ime bank

पूर्वराष्ट्रपति भण्डारीले गौतमबुद्धदेखि अन्य विचारकहरूले मानव जीवनको सुख र शान्तिको बहालीलाई नै आफ्नो खोजको विषय र लक्ष्य बनाएको बताइन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement