site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘परस्त्री’मा हिंसा र बेड सिनमा उदार देखिए निर्देशक 

काठमाडौं । चलचित्र ‘परस्त्री’मा हिंसा र बेड सिनका केही दृश्य छन् । जुन दृश्य नेपाली चलचित्रमा कमै मात्र हुन्छन् । विवाहेत्तर सम्बन्धको कथामा बनेको चलचित्रमा निर्देशक यौन र हिंसामा निकै उदार देखिएका छन् । 

सेक्स र विवाहेत्तर सम्बन्धका कारण श्रीमान् श्रीमतीको सम्बन्धमा दरार आएपछि घटनाक्रम विकास हुने क्रममा चलचित्रमा यौन र हिंसाका दृश्य समेटिन पुग्छन् । जुन नेपाली चलचित्रमा यो मात्रामा कमै मात्रै देखिने गरेको छ । 

सिनेमाको मुख्य पात्र विश्वासले होटेलको रुममा युवतीको हत्यापछि शव व्यवस्थापनका क्रममा देखाइएको दृश्य निकै विभत्स छन् । 

सिनेमा रहेका हिंसा, चुम्बन र बेड सिनकै कारण सुरुमा चलचित्र सेन्सर बोर्डले जाँच पासको सर्टिफिकेट दिन अस्वीकार गरेको थियो । आधा दर्जन सिन हटाउन वा ब्लोर गर्न अथवा ब्ल्याक एन्ड ह्वाइट बनाउन भन्दै सुरुमा सेन्सरले जाँच पासको सर्टिफिकेट दिएको थिएन । पछि उक्त सिनेमाले पीजी सर्टिफिकेट पाएको थियो । 

सुरज पाण्डेको निर्देशन रहेको चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के र गौरव विष्ट मुख्य भूमिकामा छन् । शर्मिला पाण्डेको निर्माण गरेको चलचित्रको कथा दीपेन्द्र के खनालले लेखेका हुन् । 

‘परस्त्री’ आजबाट नेपालमा रिलिज भएको छ । भोलि भारतमा रिलिज हुँदै छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro