site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस र माओवादीको निर्णय
फाइल तस्बिर।

विराटनगर । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

दुवै पार्टीको संसदीय दलको छुट्टाछुट्टै औपचारिक बैठकले कार्कीलाई मत दिने निर्णय गरेका हुन् ।

नेकपा (एमाले)को तर्फबाट मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रमुख विपक्षी तथा विपक्षी दललाई औपचारिक पत्राचार गरेका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले कार्कीलाई मत नदिने दलको बैठकले निर्णय गरेको जानकारी दिए । आजै बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले पनि विश्वासको मत नदिने निर्णय गरेको छ ।

माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro