देश
काठमाडौं । देशका केही ठूला र साना नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
त्रिवेणीस्थित तमोर, सिम्लेस्थित अरुण, दिपायलस्थित पश्चिम सेती, मैनाचुलीस्थित कन्काई, वेलस्रोतस्थित कमला, पधेरादोभानस्थित वाग्मती र रजैयास्थित पूर्वी राप्ती नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीहरूमा बहाव सामान्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यस दिन केही साना नदीहरूमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको पूर्वानुमान छ । इलाम, झापा, मोरङ, बैतडी र दार्चुला आसपास भई बहने केही साना नदीहरूमा बाढीको जोखिम रहने महाशाखाले जनाएको छ ।
ती स्थान भई बहने नदीतटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० ०९:२३
प्रतिक्रिया दिनुहोस्