site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशमा प्रशासन सुधार कार्यदलले बुझायो प्रतिवेदन
SkywellSkywell

विराटनगर । कोसी प्रदेश सरकारलाई प्रशासन सुधार कार्यदलले प्रतिवेदन बुझाएको छ ।

कार्यदलले बुधबार एक कार्यक्रमबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाएको हो । चार महिनाअघि सरकारले कार्यदल बनाएको थियो ।

Dabur Nepal
NIC Asia

कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदनमार्फत दिएका राय सुझावहरूलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत कार्यन्वयन गर्दै लैजाने प्रतिवद्धता जनाए ।

कार्यदलले दिएका सुझावहरू कार्यन्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको महत्वपूर्ण भूमिका हुने जानकारी गराउँदै प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यन्वयनमा लैजान मन्त्री तथा सचिवहरूलाई निर्देशन दिए ।

सङ्घीयताको महत्वपूर्ण हिस्साको रूपमा प्रदेश सरकार रहेको स्मरण गराउँदै उनले प्रदेश सरकारले सकारात्मक काम गर्दा पनि जनस्तरबाट नकारात्मक टिप्णीहरू हुनु दुःखद भएको बताए ।

उनले भने, “प्रदेश संरचनाप्रति जनस्तरबाट विभिन्न प्रश्नहरू उठिरहेको बेला कार्यदलमार्फत आएका सुझावले त्यसको समाधान दिने विश्वास गर्न सकिन्छ ।”

कोसी प्रदेश सरकारले चार महिना अघि २०७९ माघ ६ गते पूर्वसचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यहरूमा पूर्वप्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालका शासकीय सुधार महाशाखाका सचिव थिए ।

कार्यदलले बुझाएको प्रतिवेदन बुधबारनै मुख्यमन्त्री कार्कीले कोसी प्रदेशका  प्रमुख सचिव डा. दीपक काफ्लेलाई कार्यन्वयका लागि हस्तान्त्रण गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu