site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
४४ वर्ष कैद सजाय तोकिएका फरार पक्राउ
प्रतिकारात्मक तस्बिर ।

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा ४४ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ बस्ने ३३ वर्षीय सूर्य थोकर भन्ने सूर्यबहादुर थोकरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पीडित महिलालाई थोकर समेतले २०६८ असोज २६ गते राति पीडितकै घरमा पालैपालो बलात्कार गरी धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरको २०७८ वैशाख ५ गतेको फैसलाले ज्यान मारेको तर्फ २० वर्ष, ज्यान मार्ने षडयन्त्र गरेतर्फ १२ वर्ष, जबरजस्ती करणी गरेतर्फ सात वर्ष र सामूहिक रूपमा जबरजस्ती करणी गरेतर्फ पाँच वर्ष गरी जम्मा ४४ वर्ष कैद सजाय ठहर गरेको थियो ।

सजाय ठहर भई फरार भएका थोकरलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–१२, गाईघाटबाट पक्राउ गरेको हो ।  

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा पेस गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भीमफेदी पठाइएको जनाइएको छ ।  

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro